Tuesday, June 22, 2010

महिला सशक्तीकरणमा तीन दिदीबहिनी

दृढ अठोट, इच्छाशक्ति, मिहिनेत र साहस नै सफलताको कडी हो भन्ने कुरा पोखरेली तीन दिदीबहिनीले प्रमाणित गरिदिएका छन् । 'थ्री सिस्टर्स' अर्थात् लक्की, डिक्की र निक्की मिहिनेत, साहस र सेवाभावका पर्याय नै बनेका छन् ।
दार्जिलिङ्मा जन्मेर पोखरालाई कर्मथलो बनाएका यी पौरखी दिदीबहिनी सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणाका स्रोत बनेका छन् । साथै महिला सशक्तिकरणका नाममा हजारौं डलरको खेती गर्ने एनजीओ एवम् आईएनजीओहरूलाई समेत यी साहसी दिदीबहिनीले चुनौती दिएका छन् ।



अति नै सुन्दर नगरी पोखराको सौन्दर्यले मोहित भएका 'थ्री सिस्टर्स' यहााको सौन्दर्यमा रमाउनुका साथै यहीं बसेर केही गर्ने दृढ अठोट, दृढ निश्चय र दृढ आत्मविश्वासका साथ कार्यक्षेत्रमा जुटेका हुन् । समयक्रममा उनीहरूले 'गरे के हुादैन र' भन्ने कुरा प्रमाणित गरिदिएका छन् ।

भारतको दार्जिलिङ्का यी तीन दिदीबहिनी लक्की, निक्की र डिक्की कार्की सन् १९८५ मा पढाइको सिलसिलामा काठमाडांै आएका थिए । भूगोलकी विद्यार्थी लक्की काठमाडांैबाट पोखरा घुम्न आउादा यहााको सौन्दर्यले मोहित भएकी थिइन् । सौन्दर्यबाट लठ्ठिएकी लक्कीले पोखरालाई आप\mनो कर्मथलोका रूपमा रोजिन् । पोखरालाई कर्मथलोका रूपमा रोजेका 'थ्री सिस्टर्स'ले सन् १९९३ मा गेष्टहाउस सञ्चालन गरेर सङ्घर्षको सुरूवात गरे । महिला त्यो पनि केटी मान्छेले होटल सञ्चालन गर्नु आफैंमा एउटा चुनौती थियो । आजभन्दा डेढ दशक अगाडि युवतीले होटल सञ्चालन गर्दा अनेकौं लाञ्छना र आरोपहरूसाग समेत पौंठजोरी खेल्नु नपर्ने कुरै थिएन तर सङ्घर्षलाई नै जीवन र जीवनलाई नै सङ्घर्ष ठान्ने 'थ्री सिस्टर्स' का लागि लाञ्छनाहरू सफलताका सिंढी बन्दै गए ।

पोखराको लेकसाइडमा पुष्कर गेष्ट हाउस सञ्चालन गर्ने क्रममा होटलमा आउने विदेशी पर्यटक महिला 'थ्री सिस्टर्स' का लागि प्रेरणाका स्रोत बने । "लज तथा होटल सञ्चालन गर्ने क्रममा विदेशी महिलाहरू आउाथे । उनीहरूसाग भेटघाट तथा कुराकानी हुादा पहाडतिर जोखिम काम गर्ने अभिलाषा जाग्यो ।" लक्कीले आफ्नो सङ्घर्षको कथा सुनाउादै भनिन् ।

विदेशी महिलाहरूले पहाडतिर जोखिम काम गरेको सुनाउादा नेपाली महिलाले पनि किन गर्न नसक्ने भन्ने मनोकाङ्क्षा जागेर सन् १९९४ मा ट्रेकिङ व्यवसाय सुरू गरेको लक्कीले बताइन् ।

"विदेशीले गर्न सक्ने, हामी किन नसक्ने भनेर दृढ अठोटका साथ टे्रकिङ व्यवसाय सुरू गरियो ।" लक्कीले भनिन् । 'थ्री सिस्टर्स' टे्रकिङ कम्पनी सञ्चालन गरेपछि उनीहरू हिमाल तथा पहाडका जोखिमपूर्ण ठाउाहरूमा विदेशी पर्यटकको गाइड -पथप्रदर्शक) भएर कष्टपूर्ण यात्रा गरे । आफूहरू सक्षम भइसकेपछि विस्तारै अरू महिलाहरूलाई पनि यस पेसाप्रति आकषिर्त गराउन थाले 'थ्री सिस्टर्स' ले ।

"सुरूसुरूमा महिलाहरू डराउाथे, गर्दैनथे । तालिम, प्रशिक्षण दिएपछि गर्नसक्ने देखेर तालिम दिन सुरू गरेको कुरा उनीहरू बताउाछन् । महिलाहरूलाई सक्षम र सशक्त बनाउने क्रममा 'थ्री सिस्टर्स' ले सन् १९९९ मा महिला सशक्तिकरण नेपाल नामक संस्था खोली तालिम र प्रशिक्षणमा जुटे । "संस्था दर्ता गरेर सशक्तिकरणलाई अभियानकै रूपमा अगाडि बढाइयो । तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिइयो ।" लक्कीले भनिन् । फेवातालको किनारामा सञ्चालित तालिम तथा प्रशिक्षणबाट थुप्रै महिला गाइड उत्पादन भइसकेका छन् ।

महिला गाइड उत्पादनमा जुटेका उनीहरूले बर्सेनि तालिम सञ्चालन गर्दछन् । थुप्रैले तालिम लिइसके । ५० महिलाले त टुरिष्ट गाइडको रूपमा पहाड तथा हिमालका गोरेटाहरूमा विदेशीलाई पदयात्रा गराउन थालेको धेरै भइसक्यो । तालिममा दुर्गम पहाडी जिल्लाका महिला बढ्ता सहभागी हुने गरेको लक्कीले बताइन् । गरिब, असहाय, दुःखी तथा एकल महिलालाई प्राथमिकता दिने गरेका छन् 'थ्री सिस्टर्स' ले । 'थ्री सिस्टर्स' को यो अभियान महिला उत्थान तथा सशक्तिकरणका लागि कोशेढुंगा सावित भएको छ । यतिले नपुगेर 'थ्री सिस्टर्स' ले विगत दुई वर्षदेखि बालबच्चाका लागि अनाथालयसमेत सञ्चालन गरेका छन् । उनीहरूले सञ्चालन गरेको अनाथालयमा बालबालिकाले बस्न खानका साथै शिक्षादीक्षासमेत प्राप्त गरेका छन् ।

साहस, निरन्तरता र सङ्घर्षका पर्याय बनेका 'थ्री सिस्टर्स' ले साहसिक पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा योगदान पुर्‍याएवापत यसवर्षको अन्तर्राष्ट्रिय 'जियो टुरिजम अवार्ड' पाएका छन् । नेशनल जियोग्राफीले साहसिक पर्यटनमार्फत महिलाहरूको सशक्तिकरणमा पुर्‍याएको योगदानको कदर गर्दै 'थ्री सिस्टर्स एडभेन्चर टे्रकिङ' कम्पनीलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । 'जियो टुरिजम अवार्ड' का लागि ८३ देशका ३२२ जना मनोनयनमा परेका थिए । ती सबैलाई उछिनेर 'थ्री सिस्टर्स' ले यो पुरस्कार हात पारेको हो । पुरस्कार आगामी अक्टुबर महिनामा अमेरिकामा आयोजना हुने एक एक समारोहमा वितरण गरिनेछ । पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ ।

"पुरस्कारले सम्पूर्ण नेपाली महिलामा उत्साह थपेको छ । यो आम नेपाली महिलाका लागि ऊर्जा र प्रेरणाको स्रोत हो ।" लक्कीले भनिन् । 'थ्री सिस्टर्स' ले यसअगाडि अशोका र सर्टिनेबल अवार्ड पनि पाइसकेका छन् । त्यस्तैगरी नेपाल सरकारले समेत 'वेस्ट टे्रकिङ अवार्ड' बाट सम्मानित गरेको छ

No comments:

Post a Comment