Tuesday, June 22, 2010

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा जारी एघारौं सडक महोत्सव सकियो

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा जारी एघारौं सडक महोत्सव शुक्रबार सकिएको छ। करिब ५ लाख दर्शकको सहभागिता र ३७ करोड बढीको कारोबार गर्दै महोत्सव सकिएको आयोजकले जानकारी दिएका छन्। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यकासाथ रेष्टुरेष्ट ए48ड बार एशोसियसन रेवान पोखराले अग्रेंजी नयाँ वर्षको अवसर पारेर वर्षेनी सडक महोत्सव गर्दै आएको छ। महोत्सवमा नेपाली तथा विदेशी पर्यटकहरुको ठुलै भिड लागेको थियो। सडकमै विभिन्न परिकारको स्वादसँगै विभिन्न साँस्कृतिक कार्यक्रमले पर्यटकलाई लोभ्याउने गरेको थियो। लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा हुने महोत्सवमा गुरुङको छ्याडु नाच, तामाङ सेलु नाच, मगर कौडा नाच, चितवनको थारुस्टिक नाच, नेवारी नाच, जनकपुरको मैथिली नाच, राई लिम्बु जातिको धान नाच, रसुवा, डोल्पा, सोलुखुम्बु, लुम्बिनी, इलाम लगायतका क्षेत्रहरुको कला, सस्कृति भेषभुष र हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी गरिएको छ। सडकमा खाउ, सडकमै नाचौ, सडकमै रमाउ भन्ने नाराका साथ सन्चालन हुने महोत्सवले पर्यटन प्रवर्द्धनसँगै कला र सस्कृति समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरीन्छ।

No comments:

Post a Comment