Tuesday, June 22, 2010

बन्दबिरुद्ध उत्रिए पोखराको लेकसाइडका आमाहरु बन्द गर्नेको प्रतिकार गर्ने चेतावनी

बन्ददेखि वाक्क बनेृका पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटन केन्द्र लेकसाइडका आमा समुहहरु बन्दकाविरुद्धमा उत्रिएका छन् । सोही क्रममा उनीहरुले पर्यटकहरुको केन्द्र पोखराको लेकसाइडलाई एक कार्यक्रमाको आयोजना गरी बन्दमुक्त क्षेत्र घोषणा गरेका छन् । उनीहरुले आगामी दिनमा कुनै पनि प्रकारको बन्द हड्ताल गर्न नपाइने भन्दै आज पोखराको लेकसाइडमा बृहत -याली पनि प्रदर्शन गरेका छन्

बिभिन्न नारा जुलुस सहित पोखराको जरेबरदेखि सुरु भएको र्याली हल्लनचोक बाराहीघाट बैदामहुँदै सहिदचोकमा पुगेर सभामा परिणत भएको थियो । सो कार्यक्रममा सहभागी पोखराका आमा समुह पर्यटन ब्यावसायि बिद्यार्थी सर्वसाधारण तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पर्यटकीय क्षेत्र लेकसाइडलाई बन्दमुक्त क्षेत्र घोषणा गरिएकोमा खुशी प्रकट गरेका थिए ।
उनीहरुले बन्द सदाको लागि बन्द हुनु पर्ने बताउदै जबसम्म बन्द रोकिदैन तवसम्म आफुहरुले सरकारले घोषणा गरेकेा पर्यटन बर्षलाई समेत सहयोग नगर्ने धम्की पनि दिए भने बन्दको बिकल्प अन्य आन्दोलनलाई अपनाउनु पर्नेमा जोड दिए ।ु त्यति मात्र हैनपर्यटकीय क्षेत्रमा अब कसैले पनि बन्द गर्ने प्रयास गरेमा त्यसको प्रतिकारमा सम्पुर्ण जनताहरु उठ्नुपर्ने आवाज उठाए ।
अन्नपुर्ण आमा समुहकी ८४ बर्षीय सदस्य बद्रीका लामिछानेको अध्यक्षँतामा काकर्यक्रम सम्पन्न भएको थियो । लेकसाइडका विभिन्न पाँच आमा समूहले केही दिन अघि गरेको निर्णय अनुसार ुपर्यटकीय क्षेत्रलाई बन्दमुक्त बनाऔं र आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनमा
टेवा पुर्याऔंु भन्ने मूलनाराका साथ आयोजित र्यालीमा स्थानीयबासी पर्यटन ब्यवसायी उद्योगी विद्यार्थी मानवअधिकारवादी लगायतको उल्लेख्य संख्यामा सहभागीता रहेको थियो ।
र्यालीका सहभागीहरुले बन्द-हड्ताल बाईबाई बन्द-हड्ताल चाहिदैंन पर्यटन क्षेत्र हाईहाई जनता मार्न पाइँदैन बन्दकर्ता भगाऔं देश र जनता बचाऔं लोकतन्त्रको उपहार बन्द होइन अधिकार जीउधनको सुरक्षा गर मानवअधिकार ग्यारेण्टी गर लगायतका नारा जुलुस गरकेा थिए ।

विभिन्न राजनीतिकदल तिनका भातृसंगठन र समूहहरुले आफ्नो माग पूरा हुनुपर्ने भन्दै बन्द-हड्ताल र चक्काजामको बाटो अपनाउने प्रवृत्ति पछिल्लो समय बढेकोमा त्यसबाट पोखराको पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्र समेत प्राभावित भएकोमा स्थानीय आमा समूहले यस्तो पहल को सुरुवात गरेका हुन ।

गत माघ ४ गते स्थानीय अन्नपूर्ण मितेरी क्षेत्री महिला समूह जगदम्बा र ढोरबाराही दिदीबहिनी समूहले कम्तिमा लेकसाइड क्षेत्रमा कुनै पनि बन्द आह्वानकर्ताहरुलाई बन्द गर्न नदिने भन्दै यस्तो भए लाठी लिएर लखेट्ने निर्णय गरेका थिए ।

No comments:

Post a Comment